नियम ६०
राजस्व असुलीको सर्मीक्षा गर्नु पर्ने
(१) प्रचलित कानून बमोजिम राजस्व सङ्कलन गर्ने मन्त्रालयले आफ्नो मातहतका कार्यालयबाट भएको राजस्व असुलीको प्रगति समीक्षा त्रैमासिक अवधि सम्पन्न भएको एक महिनाभित्र गर्नु पर्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि राजस्व सङ्कलन गर्ने कार्यालयले नियमित रूपमा पेश गर्नु पर्ने विवरणको अतिरिक्त महालेखा नियन्त्रक कार्यालयले कुनै विवरण माग गरेमा त्यस्तो विवरण सो कार्यालयमा पेश गर्नु पर्नेछ।